सहकारीको स्थापना दिवसमा रक्तदान

वुटवल । कालिकानगरमा सञ्चालन गरिएको सजिलो बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ । संस्थाको १४ औं स्थापना दिवसको अवसरमा बिहिबार रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा ५२ जनाले रक्तदान गरेको संस्थाका सचिव तथा कार्यक्रम संयोजक गुणनिधी खनालले जानकारी गराउनु भयो ।

संस्थाका अध्यक्ष रामराज पोख्रेलले बुटवलमा रगतको अभाव देखिएको र रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस र रक्तदान गर्ने संस्कृतिको विकास गर्न सन्देशमुलक रुपमा संस्थाको स्थापना दिवसको अवसर परेर रक्तदान गरिएको बताउनु भयो ।

स्थानीय निर्वाचन सुरु भएपछि अहिले बुटवलमा रगतको अभाव सिर्जना भएको छ । संस्थाले गरेको रक्तदानले अभाव पूर्तिको लागि पनि सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अध्यक्षता तथा रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, शेयर सदस्य लगायत शुभचिन्तकहरुले रक्तदान गरेका थिए ।

 
 
  
 

You may also like