तिलौराकोट दरबार सन् २०२४ मा विश्व सम्पदा सूचिमा सुचिकृत हुने

भैरहवा।आगामी २ वर्ष भित्रमा महामानव गौतमबुद्धको घर कपिलवस्तुको तिलौराकोट दरबार विश्व सम्पदा सूचिमा सुचिकृत हुने भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सुचिमा लैजाने प्रक्रियाको विषयमा लुम्बिनीमा आयोजित सेमिनारले निष्कर्ष निकालेको हो ।

पुरातत्व विभाग, युनेस्को र लुम्बिनी विकास कोषको संयुक्त सेमिनारले गुरुयोजना बनाएर अगाडि बढ्ने निष्कर्षमा पुगेको छ । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा छलफल भएकोले सल्लाह र सुझाब अनुसार अगाडि बढेको पुरातत्व विभागका महानिर्देशक दामोदर सापकोटाले बताए ।

दुई दिने सेमिनारमा विज्ञहरुले आफ्नो राय पेश गरेकोले सोही आधारमा काम अगाडि बढ्ने महानिर्देसक सापकोटाले बताए ।

तिलौराकोटको कृषि, पर्यटन र स्थानीय उत्पादनको चिजवस्तुलाई प्रोत्साहन हुने गरी गुरुयोजनामा समावेश गर्ने र पुरातत्वलाई प्रतिवेदन पेस गर्ने गरी काम अगाडि बढ्ने आर्केटेक काइ वाइजीले बताए ।

अष्ट्रेलियाका विज्ञ डङ्कन पार्सलले तिलौराकोटको डिजाइन गरि रहेको र अहिले डकुमेन्ट्री बनाउने काम भइरहेकोले अबको २ वर्ष भित्रमा काम पूरा हुने र सन् २०२४ मा विश्व सम्पदा सूचिमा सुचिकृत हुने लुम्बिनी विकास कोषका प्रशासन प्रमुख ज्ञानिन राईले बताए ।

दुई दिन सम्म भएको सेमिनारमा विज्ञहरुको सुझाबलाई तिलौराकोटको बारेमा सबैले बुझ्ने गरी किताबको रुपमा प्रकाशन गर्ने प्रमख राईले बताए ।

विश्व सम्पदामा सुचिकृत भइसकेपछि गौतमबुद्धको घर तिलौराकोट दरबारको संरक्षण हुने र पर्यटकको मुख्य गन्तव्यको रुपमा विकास हुनेछ ।

 
 
  
 

You may also like