दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष पहाडीमाथी एमाले कार्यकर्ताद्धारा आक्रमण

बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीमाथी एमाले कार्यकर्ताद्धारा आक्रमणको प्रयास गरेका छन । रुपन्देहीको सैनामैना ९ जनज्योतिटोलमा बुधबार साँझ पौन ८ बजेको समयमा आफ्नै भजित भेटन गएका पहाडी माथी एमाले कार्यकर्ताद्धारा आक्रमणको प्रयास गरेका हुन ।

नितान्त पारिवारिक भेटघाटमा गएको बेला नियोजित रुपमा २ सय जना एमाले कार्यकर्ताले घेराबन्दी गरेर कुटपिटमा उत्रेको पहाडीले बताए । ‘भतिजलाई भेट्न आएको हुँ, भतिज घर नजिकैको आफन्ती मुकुन्द दूतराजको घरमा बसिरहेको बेला १०÷१२ वटा गाडीमा एमालेका युवा कार्यकर्ता ओर्लेर आक्रमण गर्न थालेँ’ पहाडीले भने –‘तुरुन्तै प्रहरी र स्थानीयले जोगाउदा बाँच्न सफल भइयो’ उनले भने । उनले आक्रमणको शैलीमा आएका एमाले कार्यकर्ताको आक्रमणबाट बल्ल बल्ल बाँचेको बताए । ‘प्रहरीले उद्धार गरेर सुरक्षित छु’ उनले भने –‘विनाकारण आक्रमण गर्र्नेलाई कारवाहीको माग गर्छु।’

 
 
  
 

You may also like