उपलब्धी विहीन तिलोत्तमा लगानी सम्मेलन, ४४ वटाले एमओयू गरेपनि ४ वटा मात्र बन्ने प्रकृयामा

डेढ करोड बढी खर्च बालुवामा पानी
बुटवल । प्रचारबाजी सहिततिलोत्तमानगर पालिकाले गरेको लगानी सम्मेलन उपलब्धी विहीनभएको छ । लगानी सम्मेलनमा नगरपालिकाले २२ क्षेत्रमा गरेको प्रस्तावमध्ये ४४ वटा परियोजनामा झण्डै १६ अर्बको लगानी प्रतिबद्धता आएको थियो । नगरपालिकाले हचुवाको भरमा परियोजनालाई जग्गा व्यवस्थापन गर्छौं भनेर आश्वास नदिएपनि संघीय कानुनअनुसार स्थानीयतहले जग्गा बांड्न नमिल्ने भनेर रोकेपछि लगानी सम्मेलननिरर्थक जस्तै हुनपुगेको हो । अहिले ४ वटा परियोजनामात्रकार्यान्वयनमाआउने प्रकृयामा छन् ।

ती परियोजना मध्ये नोबेल प्लास्ट पुरानै उद्योग हो । सहकारी संस्थाहरु मिलेर दुग्ध प्रशोधन उद्योग स्थापना,तिलोत्तमा रेल र स्मार्ट एएसी ब्लक गरी चार वटा परियोजन ाकार्यान्वयनमा आउने प्रकृयामा रहेका नगरपालिकाका सूचना अधिकारी माधव पोखरेलले जानकारी दिए ।

यी चार वटा परियोजना यस क्षेत्रकै लगानीकर्ताका परियोजना हुन् । आर्थिक क्षेत्रका जानकारहरु जुनता मझाम,प्रचार र ठूलो धनराशीखर्च गरेर लगानी सम्मेलनगरियो त्यस अनुसार उपलब्धी नगण्य भएको बताउंछन् । ‘चार वटा परियोजनायहीवरिपरिकै लगानीकर्ताकाहुन्, अरु बाहिरबाट कुनै परियोजनाआएनन्’– नगरपालिकाकै एक जनप्रतिनिधिले भने–‘वास्तवमायीचार वटा परियोजना त लगानी सम्मेलननगरेको भए पनि आउन ेखालका हुन् ।’
उनले लगानी सम्मेलनका नाममा डेढ करोड सरकारी वजेट बालुवामा पानी सरह भएको बताए ।

पावर प्लस पेट्रो केमिकल्स उद्योग स्थापनाका लागि एमओयू

गरेका उद्योगी अजय मान श्रेष्ठले नगरपालिकाले जग्ग ाब्यवस्थापन गर्न नसक्दाउद्योग स्थापना गर्न नसकिएको बताए । केन्द्रसंग तालमेल विनै नगरपालिकाले जग्गा दिन्छौं भने पनि दिन नसकेको श्रेष्ठले बताए । ‘नगरपालिकाले दिननसकेपछि ९ महिना देखि जग्गा खोजिरहेका छौं, कतै पाएका छैनौं’–श्रेष्ठले भने ।

नगरपालिकाले भने नेपाल बैंक लिमिटेडबाट प्रदान हुने सहुलियत कर्जालाई पनि लगानी सम्मेलनको उपलब्धीभन्दै आएको छ ।
जबकि यस्तो कर्जा अन्यत्र पालिकामादिइदै आएको छ । लगानी सम्मेलनमा आएका लगानीका प्रस्ताव बाहेक निजी क्षेत्रबाट करीब दुई दर्जन उद्योग तथा व्यावसायिक क्षेत्रका लगानीको समेत प्रतिबद्धता जाहेर भएको थियो ।

नगरपालिकाले प्रस्ताव गरेका आयोजनामा लगानीकर्ताले जग्गाको माग गरेमा लिजमा जग्गा उपलब्ध गराउने र प्रतिष्ठान स्थापना गर्न आवश्यक कानूनी प्रक्रियालाई सहजिकरण गर्ने र विभिन्न राजश्वमा छुटको व्यवस्थागर्ने भनेको थियो ।

लगानी सम्मेलनमा तिलोत्तमा मासु प्रशोधन केन्द्र, प्रादेशिक बसपार्क, तिलोत्तमा औद्योगिक क्षेत्र, चीन र भारतलाई व्यापारम ाजोड्ने गरी बिजनेस हब, स्मार्ट हाटबजार, स्मार्ट पार्किङ स्थल, बालउद्यान, रोहिणी एकीकृत बहुउद्देश्यीय पर्यटकीयस्थल, तिलोत्तमा मिनी नेपाल, महिला तथा बाल अस्पताल जस्ता आयोजना अघि सारिएको थियो । यी कुनैमा पनि लगानी नभित्रिएको नगरपालिकाका जनप्रतिनिधि नै बताउंछन् । ‘लगानी सम्मेलन केवल नेकपाका नेता कार्यकर्तालाई प्लेनमा ओसार्ने, भोजभतेर गर्ने र प्रचार गरेर भजाउने माध्यम मात्रै भयो, उपलब्धी केहीभएन’–ती जनप्रतिनिधिले भने–‘लगानी सम्मेलन मात्र हैन तिलोत्तमामा अरु धेरै कार्यक्रम पनि केवल प्रचार मुखीमात्रै भए,उपलब्धीभँन्दा बेथिति धेरै भए ।’

तस्वीरमा एम ओयू भएपनि कार्यान्वयन मान आएका परियोजनाको सूचि समावेश छ । सूचिमध्ये चार वटा मात्र कार्यान्वयनमा आउने प्रकृयामा रहेको नगरपाकिलाका सूचना अधिकारी माधव पाखरेलले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like