तिलोत्तमा १३ का तीन स्थानमा गठबन्धनको कोणसभा

तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा साथ दिन खांणको आग्रह
तिलोत्तमा ।रुपन्देहीको तिलोत्तमामा गठबन्धनले मतदाता शिक्षासंगै संयुक्त कोणसभा गरेका छन् । नगरपालिकाका वडा न १३ स्थित मडाहा चोक,बबनी चोक,कनौजिया चोकमा कोणसभा भएको हो ।


तिलोत्तमाका मेयर पदका उम्मेदबार रामकृष्ण खांणले आफुहरु जितको नजिक रहेको बताए । देशैभरी पांचदलीय गठबन्धनको माहोल बनेको र जनमत आफुहरुको पक्षमा रहेको समेत उनको दाबि छ ।

उनले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा हिडेको बताउँदै गठबन्धनका उम्मेद्वारलाई मतदान आग्रह गरेका थिए । उनले आफ्ना प्रतिबद्धताहरु स्थानीयलाई सुनाउँदै तिलोत्तमाको समग्र बिकासको लागि यो पटक आफुहरुलाई जिताएर सेवक बन्ने अवसर दिन आग्रह गरे ।


उपमेयर पदका उम्मेद्वार हेमलाल पाण्डे(हेमन्त)ले गठबन्धनमा बदर नहुनेगरि मतदान गर्न आग्रह गर्दै मेयरमा रुख र उपमेयरमा हसिया हतौडामा मतदान गर्न आग्रह गरे ।

सो अबसरमा नेपाली कांग्रेसकी नेतृ तथा रुपन्देही कांग्रेसकी उपसभापति अनिता शाहले लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाइ बिजयी बनाउनुपर्ने बताइन् । उनले रुपन्देहीमा कांग्रेस पहिलो पार्टी बन्ने बताइन् ।

सो अवसरमा माओबादी केन्द्रका नेता सुदीप न्यौपाने,बिमला चौधरी,वडा न१३ का वडाध्यक्ष पदका उम्मेदबार नारायण ढकाल , जर्नादन यादव लगायतले बोल्दै गठबन्धनलाइ बिजयी बनाउन आग्रह गरे ।

 
 
  
 

You may also like