कुन स्थानीय तहमा कति मतदाता र मतदान स्थल ? (सूची)

काठमाडौं । निर्वाचन आयोगले यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभरका स्थानीय तहमा कायम हुने मतदानस्थल र केन्द्र निर्धारण गरेको छ ।

सातै प्रदेशमा १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र निर्धारण भएको निर्वाचन आयोगले जनाएको छ । जसअनुसार प्रदेश-१ मा १८ सय ७७ मतदानस्थल हुँदा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश-१ मा ३३ लाख ४७ हजार ३८४ मतदाता छन् ।

३३ लाख ३१ हजार १७० मतदाता रहेको मधेस प्रदेशमा २,१६३ मतदानस्थल र ४,१८९ मतदान केन्द्र छन् । देशकै राजधानी रहेको र सबैभन्दा बढी मतदाता रहेको वागमती प्रदेशमा ३४ लाख १२ हजार ८६९ मतदाता छन् । यो प्रदेशमा १,७९२ वटा मतदानस्थल कायम छन् भने ४ हजार ९५ मतदान केन्द्र कायम भएको छ ।

१७ लाख ७९ हजार ४११ जना मतदाता रहेको गण्डकी प्रदेशमा १२ सय ५३ मतदान स्थल र २३ सय मतदान केन्द्रमार्फत मतदान हुने भएको छ । ३२ लाख १९ हजार ४७५ जना मतदाता रहेको लुम्बिनी प्रदेशमा १,६२९ मतदानस्थल र ३,८३२ मतदान केन्द्र निर्धारण गरेको आयोगले जनाएको छ ।

यस्तै १० लाख १,२८२ मतदाता रहेको कणर्ालीमा ९ सय सात मतदानस्थल र १,३८५ मतदान केन्द्र छन् । १६ लाख ३२ हजार १५० मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा १,१३५ मतदानस्थल र २१ सय ३ मतदान केन्द्र निर्धारण गरेको निर्वाचन आयोगले जनाएको छ ।

देशभर ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता, १८३ अन्य र ८७ लाख ४१ हजार ५ सय ३० महिला गरी १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । ७५३ स्थानीय तहमा कायम मतदाता, मतदानस्थल र मतदान केन्द्र आयोगले तोकेको हो । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७७ नगरपालिका र ४६० वटा गाउँपालिका छन् । यस्तै देशभर ६ हजार ७४३ वटा वडा छन् ।

 
 
  
 

You may also like