तीन वटा मौसमी प्रणालीको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । अहिले नेपालमा तीन वटा मौसमी प्रणालीको प्रभाव रहेको मौसमविदले बताएका छन् । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली छ । प्रदेश नम्बर-१ को एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू-भागमा मौसम सामान्यता सफा रहनेछ । पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू-भागमा आंशिक बदली रहने छ । प्रदेश-१, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like