तिलोत्तमाको १०,११ र १२ मा गठबन्धनको घरदैलो

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १०, ११ र १२ मा गठबन्धनका उम्मेद्वारहरुले सोमबार घरदैलो गरेका छन्् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, प्रदेश सभापति अमरसिंह पुन, कोषाध्यक्ष प्रकाश रानाको नेतृत्वमा मेयर पदका उम्मेद्वार रामकृष्ण खाँण, एकिकृत माओबादी केन्द्रबाट उपप्रमुखका उम्मेदवार हेमराज पाण्डे.(हेमन्त) तथा वडा अध्यक्ष र सदस्यहरुसहितको टोलीले घरदैलो गरेको हो ।
घरदैलो कार्यक्रममा बोल्दै मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउनका लागि गठबन्धन दलका उम्मेद्वारलाई बिजयी गराउन आग्रह गरे । उनले तिलोत्तमा हरेक वडाहरुका समस्याको बारेमा गठबन्धन दलका उम्मेद्वारहरुले बुझेको भन्दै समाधानका लागि आफुहरु तयार रहेको बताए ।
उपमेयर पदका उम्मेद्वार हेमराज पाण्डे(हेमन्त)ले प्रतिबद्धतापत्रमा रहेका सबै कामहरु अक्षरस पालना गर्ने उनले बताए ।
कार्यक्रममा तिलोत्तमा १० का अध्यक्षका उम्मेद्वार मान बहादुर गुरुङ, वडा नम्बर ११ का वडा अध्यक्ष पदका उम्मेद्वार तेज बहादुर कुँवर र १२ का वडाअध्यक्ष पदका उम्मेद्वार छबि खरेल, त्यस्तै वडा न १ का वडाध्यक्षका उम्मेदवार जोवानसिंह ठकुरी सहितको टोलीले घरदैलो गरेको हो ।

 
 
  
 

You may also like