सेवा सुविधा नलिने घोषणा गरेका तिलोत्तमाका प्रमुख वासु घिमिरेले नियमविपरीत लिए पौने ३ लाख

तिलोत्तमा । नगरप्रमुखमा निर्वाचित भएपछि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले २ लाख ८४ हजार रुपैयाँ लिएको खुलासा भएको छ ।
वैदेशिक भ्रमणका नाममा घिमिरेले चीन जाँदा २ लाख ८४ हजार ७ सय रुपैयाँ लिएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
उपप्रमुख रहेकी जागेश्वरी देवी चौधरीले चीन जाँदा १ लाख ९ सय ७३ रुपैयाँ लिएको खुलेको छ ।
महालेखाले २०१९ अगस्त ३१ मा भएको भ्रमण भएपनि सो मितिमा चीन नगएको देखिएको जनाएको छ । यी दुई जनाले नेपाल सरकारबाट भ्रमणको स्वीकृति लिनुपर्ने भएपनि भ्रमण स्वीकृति र भ्रमण मिति फरक परेकाले नियमसंगत नभएको महालेखाको ठहर रहेको छ ।
महालेखाले ३ लाख ८५ हजार ६ सय ७३ रुपैयाँ खर्च भएपनि विधिसम्मत नभएको जनाएको हो ।

 
 
  
 

You may also like