सैनामैनाका मयेर पदका उम्मेदवार फडिन्द्र शर्मा भन्छन –कक्षा १२ सम्मको शिक्षा लाई निःशूल्क गर्छाै

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाका मेयर पदका उम्मेदवार फडिन्द्र प्रसाद शर्माले चुनाव जितेपछि नगरमा निःशुल्क शिक्षा प्रदान गरिने बताउनु भएको छ । नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्र गठबन्धनका उम्मेदवार रहनु भएका शर्माले चुनाव जितेपछि सैनामैनाका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षालाई निःशूल्क गरिने बताउनु भयो । संविधानमा नै यो ब्यवस्था भएको तर पालिकाहरुमा अझैं कार्यान्वयन हुन नसकेको अवस्थामा सैनामैनामा गठबन्धनको जित भए शिक्षालाई निःशूल्क गर्दै संविधानको कार्यान्वयन गरिने बताउनु भयो ।

चुनावी प्रचार प्रसारमा घरदैलो कार्यक्रममा रहनु भएका शर्माले सैनामैनामा गठबन्धनको जित सुनिश्चित भईसकेको र यही शैक्षिक सत्रबाट लागु हुने गरि कक्षा १२ सम्मको पढाई लाई निःशूल्क गरिने बताउनु भयो । निजी श्रोतका शिक्षकलाई नगरपालिकाबाटै तलबको ब्यवस्थापन गर्दै अंग्रेजी नेपाली माध्यमबाट गुणस्तरिय शिक्षा प्रदान गर्दै अब्बल विद्यार्थीको उत्पादन गर्ने आफ्नो मुख्य एजेण्डा रहेको उँहाले बताउन ुभयो । यस्तै नेकपा माओबादी केन्द्रबाट गठबन्धन तर्फका उपमेयर पदका उम्मेदवार नारायण महतले चुनाव जिते पछि न्यायिक समितिले गर्नु पर्ने कामलाई चुस्तदुरुस्त गरिने बताउनु भयो । उपमेयरले नगरमा भएका काम तथा विकासको अनुगमन गर्ने भएकाले यसलाई जोड दिँदै गुणस्तरिय विकासमा सधैं लाग्ने उँहाले बताउनु भयो । वितेका पाँच वर्षमा भएका केही विकास निर्माणका काम पनि गुणस्तर हिन भएको उँहाले बताउँदै अब गठबन्धनको जितसँगै गुणस्तरिय विकास र न्यायको क्षेत्रलाई प्राथमिकता दिने बताउनु भयो ।

न्यायिक समितिमा आएका मुद्धालाई छिटो भन्दा छिटो छिनोफानो गर्दै नगरमा न्यायको वातावरण सिर्जना गरिने महतले बताउनु भयो । यस्तै सैनामैना नगरपालिका वडा नं. ५ मा पनि गठबन्धनले चुनावी प्रचार प्रसारलाई जोड दिएको छ । वडा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र घिमिरेले वडाको विकासको लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।

वडाका भित्र सडक अझैं बन्न नसकेको उँहाले बताउँदै आफुले जिते विकासका पुर्वाधार निर्माणलाई जोड दिने बताउनु भयो । वडा अध्यक्षमा घिमिरे सहित महिला सदस्यमा अनिता पौडेल,दलित महिला सदस्यमा भक्तिमाया विक, खुल्ला सदस्यमा जिवनारायण मरासिनी र सोम बहादुर विकको उम्मेदवारी रहेको छ ।

 
 
  
 

You may also like