तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

पाल्पा । सिद्धार्थ राजमार्ग छेउमा पर्ने तिनाउ खोलामा डुबेर आइतबार भारतीय नागरिकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका-३, दोभान ड्याम क्षेत्रमा पौडी खेल्ने क्रममा डुबेर भारत गोरखपुर घर भएका ३५ वर्षीय अंकित श्रीवास्तवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बीरेन्द्र थापाले जानकारी दिए ।

पौडी खेल्ने क्रममा डुबेका श्रीवास्तवलाई सँगै आएका साथीहरुले उद्धार गरी प्रादेशिक अस्पताल रुपन्देही बुटवलमा लगेका थिए ।

उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like