मंगलापुरदेखी कान्छी बजारसम्मको सडक निर्माण गठबन्धन सरकारको पहिलो प्राथमिकता : खाँण, एमाले छाडेर ५० जना कांग्रेसमा प्रवेश

तिलोत्तमा ।तिलोत्तमामा गठबन्धन सरकार निर्वाचित भएपछि मंगलापुर देखी कान्ँछी बजार सम्मको सडक निर्माणलाई पहिलो प्राथमिकता दिने मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले बताएका छन् । नेपाली कांग्रेस र माओबादी केन्द्रको गठबन्धनबाट मेयरका उम्मेद्वार बनेका खाँणले तिलोत्तमाको समग्र बिकासको लागि गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरे ।
आईतबार तिलोत्तमा वडा नम्बर ७ सेमरा बजारमा संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै खाँणले आफुले तिलोत्तमालाई भ्रष्टाचासरमुक्त बनाउनको लागि काम गर्ने बताए । उनले तिलोत्तमामा एमाले नेतृत्वको सरकारले कृषि अनुदानको क्रममा नक्कली गुणस्तरहिन बिउहरु(धान, गहुँ, मकै, आलु लगायत) बितरण गरेर संस्थागत भ्रष्टाचार गरेको आरोप लगाउँदै आफुले भ्रष्टाचारलाई जरैदेखी उखेलेर फाल्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै उपमेयर पदका उम्मेद्वार हेमलाल पाण्डे(हेमन्त)एमाले नेतृत्वको तिलोत्तमाले घोषणापत्र अुनसारको कुनैपनि काम नगरेको बताए । उनले जनप्रतिनिधिहरू आफुलाई राजा सम्झने गरेको र एमाले कर्याकर्ता बहेकका कामहरु नगरेको आरोप लगाउँदै गठबन्धन निर्वाचित भएपछि सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै तिलोत्तमा ७ का अध्यक्ष पदका उम्मेद्वार दिनमणी पंगेनीले वडामा सेवा लिने क्रममा एमाले नेतृवको वडा अध्यक्षले भेदभाव गरेको आरोप लगाए । नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेद्वार बनेका उनले आफू निर्वाचित भएपछि सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महसमिति सदस्य रोमणी पाठकले गठबन्धन सामान्य परिवेशमा बनेको नभई देशको बिशेष परिस्थितिले निर्माण भएको हुंदा कांग्रेस कार्यकर्ताले गठबन्धनमा घात गर्न नहुने बताए ।
कार्यक्रममा माओबादी तिलोत्तमा नगर अध्यक्ष बेलप्रसाद न्यौपाने, माओवादि केन्द्रका नेता सुदिप न्यौपाने, लगायतले बोलेका थिए । तिलोत्तमा ७ मा वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका दिनमणी पंगेनी, वडा सदस्यपदका उम्मेद्वारहरु राम प्रसाद न्यौपाने, राम प्रसाद भण्डारी, महिला सदस्यमा रेनु चौधरी र दलित महिला सदस्य कल्पना थापा (रोक्का) रहेका छन्।
कार्यक्रममा नेकपा एमाले छाडेर करिब ५० जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीलाई कांग्रेस रुपन्देही सभापति एवं तिलोत्तमा नगरपालिकाका मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले पार्टिमा प्रवेश गराएका हुन् ।

तिलोत्तमा ८ मा घरदैलो तथा कोणसभा
तिलोत्तमा नगरपालिका ८ मा गठबन्धनका उम्मेद्वारहरुले घरदैलो सम्पन्न गरेका छन् । गठबन्धनबाट मेयर पदका उम्मेद्वार रामकृष्ण खाँण, उपमेयर पदका उम्मेद्वार हेमन्त पाण्डे, वडा अध्यक्ष पदका उम्मेद्वार दिनमणी पंगेनी, वडा सदस्य पदका उम्मेद्वारहरु राम प्रसाद न्यौपाने, राम प्रसाद भण्डारी, महिला सदस्यमा रेनु चौधरी र दलित महिला सदस्य कल्पना थापा (रोक्का)ले संयुक्त रुपमा घरदैलो तथा कोणसभा गरेका हुन् ।

 
 
  
 

You may also like