नगरपालिका मात्रै होइन,नगरवासी पनि उत्कृष्ट बनाउने गरि काम गर्छौँ : रामकृष्ण खाँण

तिलोत्तमा।नेपाली कांग्रेस तिलोत्तमाले चुनावी अभियानलाइ तीब्रता दिएको छ । तिलोत्तमा वडा न ५ को चुनावी प्रचार-प्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ। सो अवसरमा बोल्दै मेयरका दाबेदार रामकृष्ण खाँणले तिलोत्तमालाई भ्रष्टाचार मुक्त तिलोत्तमा बनाउने प्रतिबद्धता जनाउनुभयो ।

तिलोत्तमा प्रशस्त सम्भावना बोकेको नगरपालिका भएकोले पनि शुद्ध मन र प्रष्ट विचारसहित काम गरेमा नगरपालिका मात्र नभई नगरवासी पनि उत्कृष्ट हुने बताउनुभयो । उहाँले यसअघि नगरमा एमाले नेतृत्वले नीतिगत भ्रष्टाचार गरेको भन्दै अब कांग्रेसले जितेपछि नगरलाइ सुशासनमा नम्बर वान बनाउने र बेरुजु शुन्य बनाउने काम आफूहरुको नेतृत्वले गर्ने बताउनुभयो ।

कार्यक्रममा गठबन्धनको तर्फबाट उपमेयरका उमेदवार हेमन्त पाण्डेले प्रतिबद्धता पत्रमा समेटिएका बिषयहरुलाई पूरा गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा न ५ ले छुट्टै प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेको छ। उक्त पत्रमा सन्तुलित र पक्षपात रहित विकास निर्माणमा जोड दिईएको छ। प्रत्येक घरमा खपत हुने खानेपानीको न्युनतम रकममा अनुदानको ब्यवस्था गरि व्यवस्थापन गर्ने जनाईएको छ।

प्रतिबद्धता पत्रमा नयाँमिल मणिग्रामदेखि शंकरपुरसम्मको तुल्सीपुर कुलो चौडा गर्ने र पक्की बनाउने तथा मणिग्राम बजार क्षेत्रभित्रका सबै सडक तथा नालिहरुको दीर्घकालीन सोंच राखि पक्की तथा स्तरउन्नति गर्ने कुरामा जोड दिएको छ ।

सो अवसरमा माओबादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जीसी, माओवादकै नगर अध्यक्ष बेलप्रसाद गौतम,कांग्रेस नगर अध्यक्ष हरिलाल पाण्डे , रोमणीप्रसाद पाठक,मिनप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा वडा न ५ वडाध्यक्षका उमेदवार रमेश डुम्रे सदस्यहरु धर्मादेवि न्यौपाने,प्रमिला सुनार,हरि पन्त , हिरा गिरि लगायतको सहभागिता रहेको थियोे । क्षेत्रिय सभापति श्यामसुन्दर तिवारीको अध्यक्षतामा भएको कार्यक्रम को सञ्चालन नेपाली कांग्रेस वडा न ५ का सचिव बाबुराम भण्डारीले गर्नुभएको थियोे ।

 
 
  
 

You may also like