दुर्गा भवानी युवा क्लव भलवारीमा नयाँ नेतृत्व चयन

तिलोत्तमा। दुर्गा भवानी युवा परिवार(क्लव) भलवारी रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार भएको क्लवको १४ औं अधिबेशनले धनप्रसाद गुरुङको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
क्लवको बरिष्ठ उपाध्यक्षमा सुदिप पुन, प्रथम उपाध्यक्षमा मनि पंगेनी, द्वित्तीय उपाध्यक्षमा भिम गुरुङ, उपाध्यक्ष दिलिप पुन, सचिव मीन तिवारी, कोषाध्यक्ष चिरञ्जीवी पान्डे, सह–सचिव बिकाश सुनार र सह–कोषाध्यक्षमा दिपक थापा रहनुभएको छ ।
२०३६ सालमा संस्थापक अध्यक्ष कुल बहादुर के.सीको नेतृत्वमा स्थापना भएको क्लवले भलवारी र आसपासका क्षेत्रमा समाज सुधारका गतिविधी सहित खेलकुद, सामाजिक विकृति विसंगति विरुद्ध सामाजिक जागरण, युवाहरुलाई संगठित गर्दै सामाजिक उत्तरदायित्वका काममा परिचालन गर्दै आएको क्लवका पूर्व अध्यक्ष दिपेश शाहीले जानकारी गराउनु भयो ।
क्लवले .लोप हुन लागेका संस्कृति जगेर्ना, युवाहरुलाई संगठित, समाजमा लैङ्गिक र जातिय समानता कायम राख्ने, बाल मैत्री समाज निर्माण गर्ने, सरसफाइ कार्यक्रम, सांस्कृतिक कार्यक्रमलगायतका कार्यक्रम समेत गर्दै आएको क्लवका मिन तिवारीले बताउनु भयो ।

 
 
  
 

You may also like