तिलोत्तमा ४ मा काङ्ग्रेसको प्रचार प्रसार कार्यालय उद्घाटन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ मा आसन्न स्थानिय तहको निर्वाचनको लागि नेपाली काङ्ग्रेसले प्रचार प्रसार कार्यालय उद्घाटन गरेको छ।
शनिबार एक कार्यक्रमका बिच गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार काङ्ग्रेस युवा नेता रामकृष्ण खाण र उपमेयरका उम्मेदवार हेमन्त पाण्डेले रुपमा प्रचार प्रसार कार्यालय उद्घाटन गरेका हुन।
तिलोत्तमा ४ सिमानगरमा कार्यालय उद्घाटन गर्दै मेयरका उम्मेदवार एव काङ्ग्रेस रुपन्देही सभापति खाणले यो पटक काङ्ग्रेसले बहुमत स्थानमा जित हासिल गर्ने बताए। उनले तिलोत्तमामा गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन आग्रह गर्दै राष्ट्र र तिलोत्तमाको बिकास गर्नको लागि काङ्ग्रेसले जित्नैपर्ने बताए।
उनले तिलोत्तमा नगरभित्रका सार्वजनिक स्थानहरुमा फ्रि वाइफाईको ब्यबस्था र सीसीटीभी जडान गरिने बताए। उनले मोवाइल एप तथा डिजिटल प्रणाली मार्फत सेवाग्राहीले घरै बसी पालिकाको दर्ता तथा सिफारिस लिन सक्ने र प्रत्येक वडामा बैंक शाखा स्थापना गरी डिजिटल भुक्तानी प्रणाली लागू गरिने बताए।
कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार पाण्डेले सिमानगरका केही बस्तीमा हाईटेन्सनकाे समस्या भएकाेले त्यसलाई व्यवस्थापन र बस्ती स्थानान्तरण प्रतिबद्धता ब्यक्त गरे। उनले तिलोत्तमामा दिगो बिकासको लागि गठबन्धनलाई बिजयी बनाउन आग्रह गरे।
कार्यक्रममा बोल्दै तिलोत्तमा ४ का अध्यक्षका उम्मेदवार गोबिन्द प्रसाद भुसालले नगरबाट पाउने सेवा सुविधा विपन्न , गरिब बालवालिका लाई खर्च गर्ने घोषणा गरेका छन। नेपाली काङ्ग्रेसबाट वडाअध्यक्षको उम्मेदवार बनेका उनले गठबन्धनले तिलोत्तमामा दिगो बिकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

 
 
  
 

You may also like