दाङमा जिप दुर्घटना हुँदा १३ जना घाइते

दाङ।यात्रुबाहाक जिप दुर्घटनामा परि दाङमा १३ जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै गरेको जिप दुर्घटनामा परेको हो ।

घुम्ती बाटोमा जिपको गति तीव्र भएकाले दुर्घटनामा परेको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

घाइते १३ जना मध्ये तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ । केही घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

 
 
  
 

You may also like