नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीमा पदस्थापन

बुटवल । नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीको ५ औं अधिवेशनबाट बिजयी कार्यसमितिको पदस्थापन भएको छ। शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि संघको पदस्थापन गरिएको हो।
२०७८ चैत २९ गते बुटवलमा भएको ११ औं साधारणसभा तथा ५ औं अधिवेशनले राजु लिगल(श्रेष्ठ)को नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको थियो। संघका प्रेस सल्लाहकार हरिष ढकाल संयोजक र पुर्व केन्द्रिय अध्यक्ष शंकर कोईराला र केन्द्रिय सदस्य शिवराज पोख्रेल सदस्य रहेको निर्वाचन समितिले लिगल सहितको कार्यसमितिलाई पदस्थापन गरेको हो।
मानव अधिकार तथा शान्ति समाज नेपालका सभापति गोबिन्द खनालले घर बहाल सम्बन्धि कुरा निकै संबेदनसिल रहेको बताउदै संघालाई क्रीयाशिल बनाउन आग्रह गरे।
पदस्थापन कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष खगेन्द्र पौडेलले सस्थालाइ बलियो बनाउदै संघलाई कृयाशिल बनाउन सुझाब दिएका थिए।
कार्यक्रममा निर्वाचन समिती सदस्य एव पुर्व केन्द्रिय अध्यक्ष शंकर कोईराला, केन्द्रिय बरिस्ठ उपाध्यक्ष नवराज न्यौपाने, केन्द्रिय सदस्य शिवराज पोख्रेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु लगायतले बोलेका थिए।
अधिवेशनले संघको अध्यक्षमा राजु लिगल, बरिष्ठ उपाध्यक्षमा टुक लाल न्यौपाने, ब्यवसायीक उपाध्यक्षमा अमृत बिक, बसोबास उपाध्यक्षमा जया पौडेल,महासचिवमा कृष्ण बहादुर खनाल, सचिवमा चेतनाथ शर्मा र कोषाध्यक्षमा दिपक पौडेल निर्वाचित भएका थिए।
सदस्यहरु शुभ प्रताप राणा, बिरमान सुनार, किरण पोख्रेल,ठाकुर अधिकारी, कमल प्रसाद आचार्य,सुरेन्द्र गुप्ता, सौगात न्यौपाने र गोपाल प्रसाद श्रेष्ठ निर्वाचित भएका थिए।

 
 
  
 

You may also like