स्थानीय तह निर्वाचनमा सेना परिचालनको स्वीकृति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनमा सेना परिचालनको स्वीकृति दिएकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेकी हुन् ।

‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ को व्यवस्थाअनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मकरूपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्ले चैत्र १७ मा र मन्त्रिपरिषद्ले चेत्र २४ मा सिफारिस गरेको थियो ।

 
 
  
 

You may also like