पद्म चैत्य बिहारलाई जग्गा प्रदान गर्ने दातालाई अभिनन्दन

बुटवल। बुटवल वडा नं.१ मा रहेको पद्म चैत्य बिहारमा भवन निर्माणको लागि जग्गा प्रदान गर्ने दातालाई अभिनन्दन गरिएको छ ।

आइतबार बिहारमा एक कार्यक्रमकाबीच जग्गा दाता देविन्र्द प्रसाद प्रधान र सरिता प्रधानलाई सम्मान गरेको हो ।

यस्तै भवन निर्माणमा सहायोग गर्ने मैयादेवी शाक्यलाई समेत सम्मान गरिएको पद्मम चैत्य बिहार बुटवलका अध्यक्ष सुरेश रत्न बज्राचार्यले जानकारी दिए ।

१०७ वर्ष पुरानो ऐतिहासिक बिहारको संरक्षण र प्रबद्वनमा सहयोग पुराएका दाताहरूदाई सम्मान गरिएको उनले बताए ।

प्रध्यापक तथा बौद्व धर्मका गुरु डा. सांकिच महास्थविरको प्रमुख आतिथ्यतमा कार्यक्रमको आयोजना गरीएको थियो ।

कार्यक्रममा बोल्दै उनले जग्गा दान महान दान भएको बताउदै सुख शान्तिको लागि बुद्वका उपदेशको पालना गर्नुपर्नेमा जोड दिए । उनले ऐतिहासिक बिहारको संरक्षण तथा प्रबद्वनको लागि सबै पक्ष लाग्नु पर्नेमा जोड दिए ।

बिहारका प्रमुख उपसंरक्षक बिमल बहादुर शाक्यले पद्मम बिहार ऐतिहासिक भएकाले बौद्व शिक्षा अध्ययन गर्ने विद्यार्थीको लागि अध्ययनको क्षेत्र बन्ने दाबी गरे । यस्तै सोही अवसरमा भिक्षु सागर धम्मले प्रकाशन गरेको बुद्व जीवनमा आधारित पुस्तकको बिमोचन गरिएको थियो ।

पद्मम चैत्य बिहारका अध्यक्ष सुरेशरत्न बज्राचार्यको अध्यक्षतामा आयोजना सम्पन्न कार्यक्रममा बिहारका सल्लाहकार जिवन प्रसाद ओझा, उपाध्यक्ष पदमलाल शाक्य, महासचिव दीपक बहादुर थापा लगायतले बोलेका थिए ।

 
 
  
 

You may also like