गठबन्धनको सिद्धार्थ नगर बैठक,छिट्टै साझा उम्मेदवार घोषणा गरीने

भैरहवा।सत्ता गठबन्धनमा आबद्ध पाँच दलको सिद्धार्थनगर नगरपालीका स्तरीय बैठकले गठबन्धनबाट मेयर, उपमेयर, बडा अध्यक्ष सहीत सदस्यहरुका साझा उम्मेदवार छिट्टै घोषणा गर्ने भएका छन् । मेयर, उपमेयर, बडा अध्यक्ष सहीत सदस्यहरु गठबन्धनले साझा उम्मेदवार घोषणा गर्ने पनि गठबन्धनको बिहीबार बसेको बैठकले निर्णय गरेको छ ।

नेपाली कांग्रेस नगरसभापति कोशीस बहादुर खड्काको सभापत्विमा बसेको सत्ता साझेदार दलहरु नेकपा समाजबादी, एकीकृत नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी (जसपा) र राष्ट्रि जनमोर्चाको नगर स्तरीय सयुक्त बैठकले प्रतिगमनलाई पराजित गर्दै राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षा गर्दै शान्ति, बिकास र समृद्धीकोलागी गठबन्धनको बिकल्प नरहेको समेत औल्याएका छन् ।

बैठकमा कांग्रेस नगर सभापति खड्का, सचिव अनिल केसी, नेकपा माओबादी केन्द्रका नगर ईन्चार्ज फैज अहमद खाँन, नगर अध्यक्ष नारायण हमाल, नेकपा एकीकृत समाजबादीका नगर अध्यक्ष रामबहादुुर बस्नेत, उपाध्यक्ष सार्दुल मयुुर कसौधन, जसपाका नगर अध्यक्ष अर्जुुन जयसवाल, नगर ईन्चार्ज मोहमद अली, र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष नेत्र लागतको सहभागीता रहेको थियो ।

 
 
  
 

You may also like