थप ३२५ मेगावाट बिजुली भारत निर्यात गर्न नेपालले पायो स्वीकृति

काठमाडौं । नेपालले भारतीय ऊर्जा बजारमा थप ३२५ मेगावाट बिजुली निर्यातका लागि अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३२५ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति दिएको हो ।

यसअघि गत कात्तिकमा नेपालले ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएको थियो । यसरी नेपालले अब कुल ३६४ मेगावाट बिजुली भारत निर्यात गर्न पाउनेछ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै थप बिजुली निर्यातका लागि स्वीकृति पाएको जानकारी दिएको हो ।

 
 
  
 

You may also like