संकटोन्मुख अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : पूर्वगभर्नर नेपाल

बुटवल ।नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपालले खस्किँदै गरेको नेपालको अर्थतन्त्र सुधारको बाटोमा अगडि बढेको संकेत मिलेको बताउनु भएको छ । विदेशी मुद्राको संञ्चिती घट्दै गएकोले नेपालको अर्थतन्त्र संकटोन्मुख देखिएपनि राष्ट्र बैंकले लिएको नीतिले त्यसमा सुधार आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बुधबार रिपोटर्स क्लवले बुटवलमा गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘कोरोना महामारीपछि सहज रुपमा अत्यधिक कर्जा प्रवाह भयो, सहज रुपमा पैसा पाएपछि विभिन्न ठाउँमा लगानी गरियो, तर त्यो पैसा जुन रुपमा बजारमा आउनुपर्ने थियो, त्यो हुन सकेन ।’
त्यस्तै बजेट पनि समयमा आउन सकेन र मौद्रिक नीति पनि समयमा आउन सकेन । सरकारको खुकुलो नीतिले अत्यधिक कर्जा प्रवाह भयो ।

त्यसलाई नियन्त्रण गर्न खोज्दा यो अवस्था आएको उहाँको भनाई छ । अहिले भएको कर्जा प्रवाह अहिले सम्मकै अत्यधिक हो । उहाँका अनुसार ३२ प्रतिशत कर्जा प्रवाह भएको थियो । अहिलेसम्म १९ प्रतिशत भन्दा बढी कर्जा प्रवाह भएको थिएन ।
त्यस्तै यो वर्षको सुरुदेखि नै विदेशी सञ्चिती (रेमिट्यान्स) पनि घट्दै गयो । त्यस्तै विदेशी ऋण तथा अनुदान पनि आउन सकेन । उहाँले भन्नुभयो ।

सोधानान्तर घाटा पनि अत्यधिक भयो । रसिया र युक्रेनको युद्धले ईन्धनको आयात पनि महंगीयो । उहाँका अनुसार यसले पनि विदेशी सञ्चिती घटाएको हो ।
उहाँले मुलुुकको आर्थिक अवस्थालाई मजबुत वनाउनका लागि निर्यात वढाउनु पर्नेमा जोड दिनुभयो । अहिले नेपालको अवस्था ऋण तिर्न सक्ने रहेको र सधै ऋणमा मात्रै भर पर्न नहुने वताउँदै, उत्पादन र निर्यातलाई उर्जाशिल वनाउने वाटोमा सरकार गम्भिर रुपमा अगाडि वढ्नुपर्नेमा जोड दिनुभयो ।

श्रीलंकामा उत्तरपुस्तिका किन्ने पैसा समेत नभएर सबै तहका परीक्षा रोकिएको घटना जस्तै अवस्था नेपालमा तत्काल नआउने उहाँको दावी छ । सरकारले रेमिटान्स वढाउने वारेमा लागेको मैले देखेको छु । केही महिना भित्र रेमिटान्स वढ्छ ।

कार्यक्रममा प्राध्यापक डा. रामचन्द्र आचार्यले बिभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरुले (इकोनोमिक डेप्पोमेसी) वारे काम नगरेको, दूरदर्शीताको अभाव हुँदा पनि नियमन निकायले कुनै चासो नदिनु, विदेशी मुद्रामा संचिति नहुनु, उत्पादन घट्नु र आयात वढ्नुले गर्दा पछिल्लो समय नेपालको आर्थिक अवस्था कमजोर वन्दै गएको बताउनु भयो ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य डा. बालकृष्ण चापागाईले बजारमा आर्थिकमन्दीको चरम संकट पैदा भएको भन्दै, नेपाली मुद्रा कहाँ गईरहेको छ ? किन संकट पैदा भयो ? यसलाई गहिरो अध्ययन गरेर सरकारले समयमै उचित कदम चाल्नु पर्ने भनाई राख्नुभयो ।

 
 
  
 

You may also like