कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्किएपछि गृहमन्त्री बालकृष्ण खाँणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

शुक्रबार दिउँसो तीन दिने भात भ्रमणमा निस्किएका प्रधानमन्त्री देउवा भारत भ्रमणबाट नफर्किन्जेल गृहमन्त्री खाँणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्तिमार्फत प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

‘प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते शुक्रबार मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नुहुने भएकोले उहाँको अनपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजनिम सम्मानीय प्रधानमन्त्रीको सिफारिसमा माननीय गृहमन्त्री बालकृष्ण खाँणज्युले सम्हाल्ने गरी तोक्नु भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

 
 
  
 

You may also like