लाफा समुहको १४ औं रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । लाफा समुह बुटवलको आयोजनामा आज सोमबार १४ औं रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
“जति धेरै रगतदान, त्यति धेरै जीवनदान” भन्ने मुल नारा सहित १४ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
समुहले ६/६ महिनाको अन्तरालमा बर्षको २ पटक रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन भएको समुहका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक ज्ञानु सारुले जानकारी दिए ।
लाफा समूहका अध्यक्ष तारा सिंह रेश्मीको अध्यक्षता, उपाध्यक्ष बबिन थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव यशपाल चौतारेले गरेका थिए भने कार्यक्रममा समुहका संरक्षक बासुदेब लामिछाने र पूर्व अध्यक्ष केशव रानाको उपस्थिती रहेको थियो ।

 
 
  
 

You may also like