महिलालाई १५ दिने लघुउद्यम तालिम

बुटवल।बुटवल उपमहानगरपालिकाले वडा नं ११, टप मजुवाका महिलालाई १५ दिने थाकलबाट विभिन्न सामग्री बनाउने तालिम दिएको छ । गरिबी निवारणका लागि लघुउघम विकास कार्यक्रम अन्तरगत १३ जना महिलाहरुलाई थाकलबाट हस्तकलाका सामग्री बनाउन तालिम दिईएको हो ।                                                                                                                            गृहणी महिलाहरुलाई उत्पादनसंग जोड्दै आर्थिक रुपमा सबल बनाउने तालिम प्रभावकारी भएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताईन । आर्थिक अवस्था कमजोर भएका स्थानमा महिला हिसाका घटनाहरु बढि हुने गरेको भन्दै यसलाई रोक्न पनि यो अभियान थालिएको उनले बताईन । महिलाहरु आफ्नो खुट्टामा उभिने र आर्थिक रुपमा सबल बनाउने गरि टोलटोलमा योजनाबद्घ रुपमा कार्यक्रम लगिएको उनले बताईन । लैगिक हिसामैत्री शहर घोषणा पूरा गर्न पनि यो कार्यक्रम सहयोगी हुने उनले दाबी गरिन।पहिलो चरणमा कपिलबस्तुबाट प्रशिक्षक भित्राएर शुरुवात गरेको स्मरण गर्दै उनले तालिम लिएका महिलाहरु अहिले आफै प्रशिक्षकसम्म बन्न सफल भएको बताईन । उत्पादनसंग बजारीकरण र नेतृत्व तहमा पुग्ने गरि तालिम चलाएको उनले बताईन । महिलाहरुलाई आर्थिक रुपमा जोड्ने गरि उपप्रमुख महिला उद्यमशिलता कार्यक्रम गरि १८—४९ वर्षसम्मको उमेरलाई जोडेको उनले बताईन । यसैगरि प्रमुख ईलम कार्यक्रममा १८—३९ सम्मका जोडेको उनले बताईन ।
प्रशिक्षार्थी जमुना घर्तिमगरले छोटोसमयमा आयआर्जनमा टेवा पुग्ने गरि तालिमबाट धेरै फाईदा मिलेको बताईन । घरमा त्यसै बिताएको समयलाई सिप सिकाउन पाउँदा र यसबाट आयआर्जनमा फाईदा मिल्ने आशा ब्यक्त गरिन । थप तालिम र विउपुजीको समेत सहयोग गर्न उनले आग्रह गरिन। नगरकै नजिकका डाडाकाडामा थाकल कच्चा पदार्थ उपलब्ध रहेको भन्दै यसलाई उपयोग गरेर हस्तकलाका सामग्री तयार गरेको उनले बताईन। ब्याग, टोपी लगायत धेरै सामानहरु बनाउन सकिने उनले बताए ।
कार्यक्रममा आर्थिक विकास महाशाखा प्रमुख भुवानीप्रसाद लुईटेल, शिवालय टोल विकास संस्थाका अध्यक्ष मन्जु विक, सहजकर्ता सुश्मा बश्याल, प्रशिक्षक निर्जला अधिकारीले स्थानिय महिलाहरुको माग अनुसार थप कार्यक्रमहरु ल्याउने बताए ।

 
 
  
 

You may also like