१६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ वडा नं ८ विजयी

बुटवल।बुटवलमा जारी १६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ अन्तरगत आईतबार भएको खेलमा वडा नं. ८ विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा वडा नं १२ लाई वडा नं. ८ ले १—० गोल अन्तरले पराजित गरेको हो । सिद्धेश्वर खेलमैदानमा भएको खेलमा वडा नं ८ को जितमा थमन सिह राना नायक रहे । उनले खेलको १३ औ मिनेटमा विजयी गोल गरेका थिए । खेलमा वडा नं. ८ का थमनसिह राना म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए । यसैगरि विद्यागत रुपमा समेत खेलाडीहरुलाई पुरस्कृत गरिने छ । कोभिड संक्रमणबाट हरेक क्षेत्र प्रभावित भएसंगै खेल क्षेत्र पनि शून्य रहेको उनले बताए । नियमीत प्रतियोगिता समेत ३ वर्षको अन्तरालमा आयोजना गर्न लागिएको उनले बताए । प्रतियोगिता अन्तरगत सोमबार खेल वडा नं १७ र १० का बिचमा हुने प्रचारप्रसार संयोजक गणेश बोहराले बताए ।

 
 
  
 

You may also like