इन्द्रेणीद्वारा सहकारी प्रशिक्षण

१२ चैत्र २०७८, शनिबार

बुटवल। बुटवल सुख्खानगरमा रहेको ईन्द्रेणी बहुउद्देश्य सहकारी संस्थाले आफ्ना शेयर सदस्यका लागि सहकारी प्रशिक्षण तालिम दिएको छ ।                                                                                                        सहकारीको सिद्धान्त, उद्देश्य र सहकारी ऐनका बारेमा सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले तालिम दिइएको सहकारीका अध्यक्ष धुर्वकुमार धितालले जानकारी दिनुभयो । झण्डै ५० जना सहभागि रहेको तालिमको सहकारी प्रशिक्षक तथा ईन्द्रेणीका उपाध्यक्ष कृष्णप्रसाद अर्यालले प्रशिक्षण दिनु भएको थियो । अर्यालले सहकारीको महत्व, सदस्यको जिम्मेवारी, काम कर्तब्य र अधिकारसँगै सहकारी सिद्धान्तका बारेमा जानकारी गराउनु भएको थियो । सचिव माया गौतमको संचालनमा भएको कार्यक्रममा सहकारीका सदस्य शान्ता ज्ञवाली, स्वीकृति मुडभरी, सन्दिप खनाल, तुल्सा न्यौपाने लगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया