कपिलवस्तु महोत्सवमा डुंगा पिङ भाँचियो, १४ घाइते

कपिलवस्तु । कपिलवस्तु महोत्सवमा डुंगा पिङ भाँचिदा १४ जना घाइते भएका छन् । जिल्लाको वाणगंगा नगरपालिकाको जितपुरमा आयोजित कपिलवस्तु महोत्सवमा शुक्रबार राति डुंगा पिङ भाँचिएको हो ।

अवलोकनकर्ताहरु खेलिरहेको डुंगा पिङ भाँचिएर दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

घाइतेमध्ये केहीको उपचार भइरहेको र केहीको उपचारपछि घर फर्किएको प्रहरीजे जनाएको छ । ३ जना घाइतेको भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like