“लुम्बिनी प्रदेशको राजधानी नेपालकै नमूना प्रदेश राजधानी निर्माण गर्दछौँ –मुख्यमन्त्री केसी

बुटवल।लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले आम नेपाली जनताको त्याग तपस्या र बलिदानको उलब्धी नेपालको आमूल परिवर्तन संविधान र कानुनमा उल्लेख भई संघीयताको कार्यन्वयमा हरेक तह जिम्मेवारी बनेर अगाडि बनेर संघीयतालाई बलियो बनाउनको लागि सरकार र आम नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशको राजधानी नेपालकै प्रदेशका राजधानीहरुमा नमूना प्रदेश राजधानी बनाउनको लागि पायक पर्ने, सेन्टर नयाँ लिएको बताउँदै त्यसमा प्रदेश सकरारले कार्य थालनी तीव्र गतिमा लागेको बताउनुभयो ।
उहाँले लुम्बिनी प्रदेशको राजधानी सितगंगामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै लुम्बिनी प्रदेशको राजधानी निर्माणको विषयमा धेरै छलफल र सबै मनोविज्ञानलाई केन्द्रीत गरी लुम्बिनी प्रदेश र राप्ती उपत्यका घोषणा गर्न सफल भएको बताउँदै त्यसलाई पूर्णता दिनका लागि आफ्नो जिम्मेवारी पहिलो भएको बताउनुभयो ।उहाँले यस्तो विचार सितगंगा ८ वडा कार्यालयको भवनको उद्घाटन कार्यक्रममा बताउनुभएको हो ।
मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणको विषयमा भन्नुभयो ः–नेपालको प्रदेशहरुमा नयाँ भर्जिन ल्याण्डमा निर्माण गर्ने योजनामा हाम्रो सरकार हो, हामीले भेरी, राप्ती, लुम्बिनीको मनोविज्ञानलाई केन्द्रीत गरेर अगाडि बढायौँ, हामी सफल भयौँ अब राजधानी निर्माणको शुरुवात मेरै नेतृत्वमा भएको छ अव त्यसलाई पूर्णता दिन्छाँै ।” उहाँले राजधानीमा सबै भुगोलाई समग्रताभित्र राखेर राजधानीको गुरुयोजना निर्माणको काम अन्तिचरणमा पुगेको बताउँदै अब त्यसमा आम जनताले सहयोग गर्नका लागि सबैलाई अनुरोध गर्नुभयो ।
मुख्यमन्त्री केसीले राजधानी निर्माणको विषयमा सबै स्थानका समुदायलाई सम्वोधन हुने गरी काम गर्ने बताउँदै त्यस क्षेत्रको सबै भन्दा त्यसमा सबै जनतालाई भलो हुने बताउनुभयो । उहाँले राजधानीका लागि विजुली, सिचाईका लागि प्रदेशको एक मात्रै योजना नौमुरे योजना निर्माणका लागि प्रदेश सरकारको पहिलो योजना भएको हो त्यसलाई संघीय सरकारले बजेटको ५० प्रतिशत बजेट प्रदेशसरकारले प्रदान गर्ने बताउनुभो ।
उहाँले पूर्वाधारका लागि सितगंगालाई गुरुयोजना भित्र पाल्पा गुल्मी, अर्धाखाँचीका जनतालाई छोटो सडक सञ्जालमा जोड्नका लागि लाग्नु पर्ने बताउनुभयो । उहाँले प्रदेशको राजधानीलाई पर्यटकीय प्रशासनिक क्षेत्रबाट अगाडि बढाउँदै त्यसका लागि लुम्बिनी क्षेत्र, कपिलबस्तु, बाँके बर्दिया लगायत रोल्पा, रुकुम, स्वर्गद्वारीलाई एउटै सर्किटमा जोड्नका सरकार लागि रहेको बताउुभयो । उहाँले लुम्बिनी प्रदेशको राजधानीको एउटा अभिन्न अंग सितगंगाको नगरपालिकाको समग्रको विकासका लागि प्रदेश सरकार लागिरहेको बताउनुभयो । उहाँले नेपालको संघीयताको मोडेल नेपाली माटो सुहाउँदो भएकोले गर्दा स्थानीयतहलाई बलियो बनाउँदै अगाडि बढेमा आम जनताको जीवन समृद्धि हुने बताउनुभयो । उहाँले नेपालमा पछिल्लो गठबन्धीय सस्कार बन्दै गएको बताउँदै प्रतिगामी सोच र विचार भएको विरुद्धमा गठबन्धन गरेर अगाडि बढ्नु पर्ने बताउँदै त्यसका लागि लुम्बिनी प्रदेशमा कतिपय जिल्लाहरुमा गरि सकेको बताउँदै त्यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारी नेपालको सबैभन्दा ठूलो नगरपालिका र लुम्बिनी प्रदेशको राजधानी निर्माण निर्माणको क्षेत्र भएकाले राजधानीको गुरुयोजनामा पनि समुचित विकास समेटिएर अगाडि बढाउनको लागि अनुनरोध गर्नयभो ।
उहाँले विगतको केपी शर्मा ओलीले सबै जनतालाई खरको छानो मुक्त गर्नका लागि योजना बनाएको थियो तर त्यसले धोका दिएको बताउँदै आफ्नै गाउँपालिकामाबाट अपुग बजेट पुरा गरि सकेको बताउनुभाये । विकासका लागि स्थानीयतहको बजेटले मात्रै सम्भावना नभएकोले गर्दा त्यसको विकासका प्रदेश सरकारले ध्यान दिनका लागि अनुरोध गर्नुभयो । प्रमुखले सितगंगाका जनताको शिक्षा, स्वास्थ्य, खानेपनी र सिचाई अभाव रहेकाल राजधानी निर्माणकोको भुगोललाई पनि समेटिएर अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो । उद्घाटन कार्यक्रममा गाउँपालिका उपप्रमुख टिकाबहादुर रेश्मीले गाउँ गाउँमा जनतालाई सेवा दिनका लागि गाउँ गाउँमा जनप्रतिधिले प्रशासननिक कार्यालय स्थापना गरी अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयोः–“करिव ५ वर्ष अगाडि निर्वाचनमा होमिदा गाउँ–गाउँमा सिहदरवार भनेका थियौँ हाल त्यो सपना पुरा भएको छ । त्यसलाई आगामी दिनमा अझै परिमार्जन र स्थागत गरिने बताउनुभो ।”उहाँले नेपालको सबैभन्दा ठूलो भुगोलको नगरपालिका र राजधानी निर्माणको हिसावले क्षेत्रमा पर्ने भएकोले सितगंगाको विकासका लागि प्रदेश सरकारले ध्यान दिनका लागि अनुरोध गर्नुभयो । राजधानीको गुरुयोजनामा सितगंगालाई पनि समेटिएर अगाडि बढन्नका लागि अनुरोध गर्नभयो । वडा कार्यालयको भवन निर्माणका लागि सितगंगा न.पा. र वडाको बजेट गरी करिव ३२ लाखमा निर्माण भएका हो । वडा अध्यक्षको रुकबहादुर आलेको अध्यक्षतमा भएको वा सचिव मधुपन्थले सञ्चालन गर्नुभएको थियो ।

 
 
  
 

You may also like