बुटवल खुलामञ्चको निर्माण सुरु

बुटवल । बुटवल उपमहानगरद्वारा वडा नं.–११ देवीनगरको करीब १४ विगाह क्षत्रफलमा बहुउद्देश्यीय खुलामञ्च निर्माणकार्य सुरु भएको छ । यसक्षेत्रकै पहिलो र आधुनिक सुविधासहितको व्यवस्थित खुलामञ्च निर्माणको काम सुरु भएको छ ।
बहुउद्देश्यीय खुलामञ्चको मंगलबार एक समारोहबीच उपमानगरका प्रमुख शिवराज सुवेदीले शिलान्यास गर्नुभयो । त्यसक्रममा उहाँले सार्वजनिक जग्गाको संरक्षण गर्दै त्यसको बहुउपयोग गर्नेगरि गुरुयोजना बनाएर दिगो विकासका काम अगाडि बढाइएको बताउनुभयो । उपमहानगरले यसबीचमा करीब दुई सय विगाहा जग्गा संरक्षण गर्दै सार्वजनिक हितमा ल्याएको छ । शिलान्यास समारोहमा उपप्रमुख गुमादेवी आचार्य, वडा न ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती, महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठ, वरिष्ठ इन्जिनियर गौतम रौनियार, इन्जिनियर रुक्मांगद बस्याल, निर्माण कम्पनीका प्रभाकर लामिछानेलगायत, वडाका विभिन्न राजनीतिक दलका नेताहरू, नागरिक अगुवाहरुको सहभागिता थियो । पहिलोचरणको काम सक्न पाँच करोड ३२ लाख बराबरको ठेक्का सम्झौता भएको छ । बहुवर्षे आयोजना सम्पन्न हुन पाँच वर्ष र करीब ५० करोड लागत अनुमान गरिएको छ ।

 
 
  
 

You may also like