चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण, के-के छन् एजेण्डा ?

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वाङको नेतृत्वमा उच्चस्तरीय चिनियाँ टोली शुक्रबार भ्रमणमा आउन लागेको हो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आउन लागेका वाङ पहिलो उच्चस्तरीय पाहुना हुन् ।

यसअघि चीनका रक्षामन्त्री वेई फंगेल १४ मंसिर २०७७ मा नेपाल भ्रमण गरेयता वाड उच्चस्तरीय पाहुना हुन् । ११ चैतदेखि १३ चैतसम्म तीन दिने भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसहित सात जनाको टोली आउने तयारी भएको जनाइएको छ । नेपाल भ्रमणका क्रममा सीमापार र लगायतका समझदारीपत्रमा हस्ताक्षरको तयारी भइरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

एक वर्षअघि चिनियाँ रक्षामन्त्री वेई तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा आइपुगेका थिए भने एमसिसी पारित भएको अवस्थामा वाङ आइपुग्दै छन् । नेपालमा अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्स कपरिसन (एमसीसी) संसदबाट पारित भएपछि चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा लाग्नलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेपाल भ्रमणमा आउन लागेका वाङले नेपाली समकक्षी डा. नारायण खड्कासँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् भने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट हुनेछ । राजधानी दैनिकबाट

 
 
  
 

You may also like