डोटीमा बस दुर्घटना–११ जना घाइते, चारको अवस्था गम्भीर

by समतल अनलाइन

डोटी । डोटीको जोरायल गाउँपालिका–२ गरुडमा शनिवार बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख ८२३५ नं को बस दुर्घटनामा परेको हो । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

फाइल तस्वीर

डडेल्धुराको अमरगढी नगरपालिकाका २५ वर्षीय बसका चालक सुरेन्द्र विष्ट, बैतडी पाटनका ३० वर्षीय नरेश चन्द, डडेल्धुरा भागेश्वरका २२ वर्षीय तारा जोशी र दाङ तुलसीपुरका १९ वर्षीया लक्ष्मी विकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय फलटुडेका प्रहरी निरीक्षक माधव विकले जानकारी दिए ।

उनीहरुलाई उपचारका लागि पद्मा अस्पताल अत्तरिया पुर्‍याइएको छ । दुर्घटनाको कारणबारे खुलेको छैन । बस सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।

 
 
  
 

You may also like