स्वामी आनन्द अरुणका साथ भट्टराई दम्पती

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विहीबार ओशो तपोवन पुगेर स्वामी आनन्द अरुणसँग भेटवार्ता गरेका छन् ।

नेता पत्नी हिसिला यमीसहित बिहीबार ओशो तपोवन पुगेका पूर्व प्रधानमन्त्री भट्टराईले स्वामी आनन्द अरुणसहित ओशो तपोवनका पदाधिकारीसँग कुराकानी गरेका हुन् ।

आध्यात्म चिन्तन, राजनीति र अर्थतन्त्रको अन्तरसम्बन्ध र वैज्ञानिक मानवतावादी विचारको विकासबारे गहन र रोचक कुराकानी गरिएको डा. भट्टराईले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like