द्रुतमार्गका संरचनामा ‘सेनाको लापरबाही’

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडकको काममा लापरबाही भएको छ । संसदीय टोलीले स्थलगत अध्ययनका क्रममा हालसम्म बनेका संरचनामा कमजोरी भेटाएको हो ।

रिटेनिङ वाल दबिएको, भत्किएको देखिएको प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले बताइन् । उनका अनुसार भत्किएको कतिपय स्थलमा मर्मतसमेत गरेको पाइएको छ ।

‘वर्षौसम्म टिक्नुपर्ने एसियन मापदण्डको भनिएको सडक अहिल्यै भत्किने, मर्मत गर्नुपर्ने अवस्था आउनुले निर्माण कमजोरी रहेको स्पष्ट हुन्छ’, सभापति खड्काले भनिन् । सभापति खड्काले रूख कटानमा पनि समस्या देखिएको बताइन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्दा नै ध्यान नदिएको पाइएको खड्काको भनाइ छ ।

‘कतिपय स्थानमा सडकलाई चाहिने जति स्थान नलिएको देखिएको छ’, सभापति खड्काले भनिन्, ‘कामभन्दा बढी तल-माथि भएको देखिन्छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like