कस्तो रहला आजको मौसम ?

काठमाडौं । अहिले नेपालमा उल्लेखनीय मौसमी प्राणाली नरहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार पहाडी भेगमा आंशिक बदली र देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ ।

दिउँसो पनि देशका पहाडी भेगमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीको असरबाट बच्न भन्दै महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ । जसमा भनिएको छ : देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

 
 
  
 

You may also like