शिवनगर सामुदायिक बनको अध्ययन अवलोकन भ्रमण

बुटवल । शिवनगर सामुदायिक बन उपभोक्ता समुह बुटवल ७, ८, ९ र ११ को अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ । देशभित्र रहेका सामुदायिक बनहरुको अध्ययन अवलोकन भ्रमण गर्नका लागी गत फाल्गुन २७, २८ र २९ गते समुहका उपभोक्ता, समितिका सदस्य र सल्लाहकारहरुको टोली अवलोकन भ्रमणमा गएको थियो ।

आन्तरिक पर्यटन प्रवर्धनको साथै बनको विकास संवर्धन, पर्यापर्यटन र इकोटुरिजमा छिमेकी बनले गरेका राम्रा कार्यहरुको अध्ययन अवलोकन गर्ने उद्धेश्यले अध्ययन अवलोकन भ्रमण गरार्ईको बनका अध्यक्ष नारायण बहादुर घिमिरेले बताउनुभयो ।

अध्यक्ष घिमिरेले पश्चिम तर्फको सामुदायिक बनहरुको अवलोकन भ्रमण अत्यन्तै फलदायी भएको बताउनु भयो । अध्यक्ष घिमिरेले बनको संरक्षण र प्रबर्धनका लागी के–कस्ता उपायहरु अपनाउनु सकिन्छ भन्ने कुरा कैलालीको सतिसाल सामुदायिक बन , टिकापुर पार्क लगायतका धेरै ठाउँको अध्ययन अवलोकनबाट सिकिएको बताउनुभयो । अध्यक्ष घिमिरेले कैलाली जिल्लाको डिभिजन बन अधिकृत गोकुल रिजालले अवलोकनका क्रममा सहयोग गर्नु भएकोमा धन्यवाद समेत दिनुभयो ।

त्यसैगरी कैलाली जिल्ला डिभिजन बन अधिकृत गोकुल रिजालले टिकापुरमा रहेका सामुदायिक बनहरु उधमशिलता तर्फ अगाडी बढेको बताउनुभयो । अधिकृत रिजालले विशेषगरी बन ब्यवस्थापन संगै बेदबासको उत्पादन गरिएको जसका कारण उधमशिलतालाई अगाडी बढाई उपभोक्तामा रोजगारी सृजना भएको बताउनुभयो । रिजालले टिकापुरका सामुदायिक बनहरुले नदिकिनारका जग्गाहरु संरक्षण गरेको बताउनुभयो । उहाँले यस्ता खालका अध्ययन अवलोकन भ्रमण गर्दा तुलनात्मक रुपमा सिकाई हुने र बन ब्यवस्थापन सम्बर्धन र प्रवर्धन कार्यमा सहयोग मिल्ने बताउनुभयो ।

त्यसैगरी सामुदायिक बनका सल्लाहकार युवराज गिरीले भ्रमण अति नै फलदायी भएको बताउनुभयो । उहाँले बनलाई कसरी पार्कको रुपमा विकास गर्न सकिन्छ भन्ने कुरा टिकापुर पार्क कैलालीको भ्रमणबाट सिक्न सकिने बताउनुभयो । त्यसैगरी सामुदायिक बनलाई उधमशिलता संग कसरी जोड्न सकिन्छ भन्ने कुरा सत्ती कर्णाली सामुदायिक बन टिकापुरबाट लिन सकिने बताउनुभयो । उहाँले यस्तो किसिमका भ्रमण अवलोकनले सामुदायिक बनले गरेका वन संरक्षण र प्रवर्धन र बनको विकास बारे जान्न र अवलम्बन सकिने बताउनुभयो ।

त्यसैगरी सामुदायिक बनका सल्लाहकार बल बहादुर आचार्यले अध्ययन अवलोकन उपलब्धी मुलक रहेको बताउनुभयो । उहाँले शिवनगर सामुदायिक बन अहिले सम्म संरक्षण गर्ने कार्यमा केन्द्रित रहेको र त्यसमा सफल भएको बताउनुभयो । आचार्यले अब बनको आन्तरीक पर्यटन, प्रवर्धन र पर्यापर्यटको दिगो विकाश कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा गरिएको भ्रमण उपलब्धी मुलक रहेको बताउनुभयो ।

उहाँले सतिकर्णाली सामुदायिक बन टिकापुरबाट बनसंग उधमशिलतालाई कसरी जोड्न सकिन्छ भन्ने सिक्न सकिने बताउनुभयो । त्यसैगरी जयसाल सामुदायिक हामस्टे बाणी कन्चनपुरबाट बन भित्र पनि होमस्टे संचालन गर्न सकिने लगायत धेरै कुराको यस अध्ययन अवलोकनबाट सिक्न सकिने बताउनु भयो ।

त्यसैगरी शिवनगर सामुदायिक बनका पूर्व अध्यक्ष उमाकान्त बस्यालले पश्चिम तिरका बाँके बर्दियाका विभिन्न सामुदायिक बनको अध्ययन अवलोकन भ्रमणले शिवनगर सामुदायिक बनको संरक्षण संवर्धन र पर्यटनको दिगो विकाशमा थप उर्जा थपिएको बताउनुभयो । पूर्व अध्यक्ष बस्यालले पूर्वअध्यक्ष , सल्लाहकारहरुलाई अध्ययन अवलोकनको अवसर प्रदान गर्नुभएकोम बनसमितीलाई धन्यवाद प्रकट गर्नुभयो ।

एडभेन्चर प्रा.लि. प्रोपराईटर पुरन गुरुङ्गले अध्ययन अवलोकन भ्रमणले नयाँ कुराको अध्ययन गर्न पाइएको बताउनुभयो । उहाँले बनको विकास प्रवर्धन लागी यस्ता सिसिमका अध्ययन अवलोकन भ्रमण भईरहनुपर्ने बताउनु भयो ।
उहाँले यस खालको अध्ययन भ्रमणको आयोजना गर्दा छोटो समयमा बाहिरी रुपमा उपरी संरचनामा मात्र अवलोकन भन्दा खास खास विषयमा विशिष्टिकरण गरी सामुयिक रुपमा अध्ययन अवलोकन गर्दा गहिरो रुपमा अध्ययन गर्न पाईने उहाँले बताउनुभयो ।

त्यसैगरी बनका उपाध्यक्ष थानेश्वर बस्यालले अध्ययन अवलोकन भ्रमणले बनको विकाशका लागी कार्य गर्न थप उर्जा थपिएको बताउनुभयो । उहाँले अवलोकन भ्रमणले आफ्नै देशको भौगोलिक विविधताका बारेमा ज्ञान हुनुका साथै प्राकृतिक सुन्दरताको दृष्यावलोकन गरी भ्रमणमा सहभागि सबैले भरपुर आनन्द लिने अवसर प्राप्त भएको बताउनुभयो ।

त्यसैगरी बनका कोषाध्यक्ष राजेन्द्र रिजाल (राजु) ले अध्ययन अवलोकन भ्रमणका क्रममा सतिकर्णाली सामुदायिक बन टिकापुर र जयसाल सामुदायिक होमस्टे बाणी कन्चनपुरबाट बनको संरक्षण प्रवर्धनका लागी कसरी बनलाई उधमशिलता संग जोडी उपभोक्ताको आर्थिक सबलिकरण गर्न सकिन्छ भन्ने कुरा अध्ययन गर्न पाएको बताउनुभयो ।

त्यसैगरी बनकी सचिब श्यामकला आचार्यले अवलोकन भ्रमणबाट धेरै कुरा सिक्ने मौका पाएको बताउनु भयो । विशेष गरी भ्रमणको क्रममा सुदुरपश्चिममा महिलाहरुले मात्र सञ्चालन गरेको जयलक्ष्मी महिला सामुदायिक बन बाणी, कञ्चनपुरमा विजयसालको उत्पादन त्यसको प्रबर्धन र महिलाहरुले संचालन गरेको विजयासाल सामुदायिक होमस्टे बाट धेरै कुरा सिक्ने मौका पाएको बताउनुभयो ।

त्यसै गरी बनकी उपाध्यक्ष एवं अध्ययन अवलोकन भ्रमणकी संयोजक गिता ज्ञवालीले भ्रमणमा उत्साह र सक्रिय पूर्वक सहभागी हुनु भएकोमा भ्रमण टोली सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्नभयो ।

भ्रमणको क्रममा टोलीले सति कर्णाली सामुदायिक बन टीकापुरमा पुगी अध्ययन अवलोकन गरेको थियो । सो क्रममा सति कर्णाली सामुदायिक बनका सचिवले बनका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले सामुदायिक बनभित्र बेतबास उत्पादन गरिएको जसका कारण बन भित्र उधमशिलता बढेको बताउनुभयो । उहाँले सामुदायिक बनमा बार्षिक ६०/६५ लाख सम्मको आम्दानी हुने बताउनुभयो । बनले समुदायमा बाख्रा पालनका लागी सहयोग, एम्बुलेन्स सञ्चालन लगायतका काम गरेको बताउनु भयो । उहाँले हाल बेत कटानको काम शुरु हुन लागेको बताउनुभयो । उहाँले बेतको बजारीकरण हुन नसकेको गुनासो राख्नुभयो । उहाँले नेपालमा २५ प्रतिसत मात्र विक्री हुने र ७५ प्रतिसत भारतमा विक्री हुने जानकारी दिनुभयो ।

त्यसैगरी टोलीले जयलक्ष्मी महिला सामुदयिक बन बाणी कञ्चनपुरद्धारा सञ्चालित विजयसाल होमस्टेको अवलोकन गरेको थियो । सो क्रममा जयलक्ष्मी महिला सामुदायिक बनकी सचिव चन्द्रा चौधरीले १३ जना महिलाहरुको टीमले सामुदायिक बनको संरक्षण र प्रवर्धन गरिरहेको बताउनुभयो । २०६८ साल देखि महिलाहरुको अगुवाईमा सञ्चालित सामुदायिक बन लगभग १०० हेक्टरको क्षेत्रफलमा रहेको छ । सचिव चौधरीले समुदायमा ५६८ घरधुरी रहेको जसमा जनहित सामुदायिक बन र जयलक्ष्मी महिला सामुदायिक बन दुईवटामा उपभोक्ताहरु रहेको बताउनुभयो । उहाँले बनबाट विशेष गरी विजयासाल उत्पादन गरिएको बताउनुभयो । विजयसालबाट गिलास, कचौरा, थाली भाँडाकुडा लगायत विभिन्न आयुवैदिक औषधीको लागी प्रयोगमा विक्री हुने उहाँले बताउनुभयो । यधपी उहाँले उत्पादित विजयासाललाई उपयोग गर्नका लागी आफूहरु संग मेसिनको अभाव रहेको गुनासो गर्नुभयो ।

त्यसै गरी सचिव चौधरीले सामुदायिक बनद्धारा बिजयसाल सामुदायिक होमस्टेलाई संचालनमा ल्याएको बताउनुभयो । उहाँले समुदायका ६ जना महिलाले २०७५ साल देखि बिजयसाल होमस्टे सञ्चालन गरीरहेको बताउनुभयो । होम स्टेमा देशभरीका आन्तरीक पर्यटकहरु आईरहेको र राम्रो आम्दानी भएको बताउनुभयो । विशेष गरी होमस्टेमा थारुजातको स्थानिय खाना ढिकुरी, घोँगी, मुसाको मासु लगायत स्थानिय थारु नृत्य देखाईने चौधरीले बताउनुभयो ।

भ्रमणटोलीले बर्दिया राष्ट्रिय निकुञ्ज बर्दिया, ठाकुरबाबा मंदिर बर्दिया, चिसापानी कर्णाली पुल, सति कर्णाली सामुदायिक बन टीकापुर , जयलक्ष्मी महिला सामुदायिक बन बाणी कञ्चनपुर , विजयसाल सामुदायिक होमस्टे टिकापुर, विरेन्द्र विश्राम बाटीका टिकापुर, महाकाली पुल, दोधारा चाँदनी, ब्रम्हा मंन्दिर, टनकपुर बाँध , घोडाघोडी पन्छी अभयारण्य क्षेत्र (घोडाघोडी ताल) लगायत क्षेत्रको अध्ययन अवलोकन गरेको थियो ।

भ्रमण टोलीमा उपभोक्ता, पदाधिकारी, सल्लाहकारहरु, अगुवा सहित २९ जनाको सहभागीता रहेको थियो ।

 
 
  
 

You may also like