व्यापार संघमा तरकारी तथा फलफूल उपसमिति गठन

बुटवल । रुपन्देही व्यापार संघमा आवद्ध तरकारी तथा फलफूल व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ तरकारी तथा फलफूल व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागि भएको भेलाले पुरानो समिति पुर्नगठन गर्दै टेकराज पन्थीको संयोजकत्वमा ७ सदस्यीय तरकारी तथा फलफूल उपसमिति गठन गरेको हो ।

भेलाले तरकारी तथा फलफूल उपसमितिको सह–संयोजकमा नेत्रप्रसाद अधिकारी, सचिवमा अनु रहमान र कोषाध्यक्षमा मनिष वर्णवाल, सदस्यहरुमा राजन वर्णवाल, विपिन अग्रहरी, प्रमोद जयसवाल तथा सल्लाहकारहरुमा घनश्याम भुसाल, बाबुराम भुसाल, केशव कु“वर, कृष्णप्रसाद पोखरेल र वजीर शाहलाई निर्विरोध चयन गरेको हो ।

भेलामा संघका प्रथम उपाध्यक्ष प्रकाश ढकालले व्यवसायीक एकताको बलमा मात्र आफना हकहित संरक्षण हुने हुदा सबै व्यवसायी एक भएर बस्न आग्रह गर्नुभएको थियो । यस्तै संघका सचिव फर्सुराम पन्तले व्यवसायका क्रममा विभिन्न प्रकारका समस्याहरु आउने हुदा त्यसबाट भागेर होइन समस्याको पहिचान गरि समाधान गर्नतर्फ लाग्न सुझाव दिनुभएको थियो । भेलामा बोल्दै संघका सह–सचिव एवं वस्तुगत मूल संयोजक ऋषिराम पाण्डेले संघका उपसमितिहरुले रुपन्देही व्यापार संघको पिल्लरको रुपमा जिम्मेवारी वहन गर्न अनुरोध गर्नु भयो । उहाले व्यवसायीहरुको समस्याहरुको बारेमा उपसमितिले पहिचान गर्न पहल गर्ने र त्यसको समाधान गरेर व्यवसाय विस्तारमा व्यवसायीहरुको सहयोगि बन्न आग्रह गर्नु भयो ।

यस्तै कार्यक्रममा संघका सह–कोषाध्यक्ष मनिराम खनाल, कार्यसमिति सदस्य मेघनाथ पौडेल उपसमिति सल्लाहकार कृष्ण पोखरेललगायतले उपसमितिको सकृयता र क्रियाशिलताले संघको गतिविधि आम उपभोक्ता तथा व्यवसायीमा पुग्ने हुदा अघिल्लो कार्यकालमा भएका काम भन्दा अझ उत्कृष्ट काम गर्न सुझाव दिनुभएको थियोे ।

 
 
  
 

You may also like