बाइडेनमाथि रुसले लगायो प्रतिबन्ध

काठमाडौं । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । रुसको विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको छ ।

यो प्रतिबन्ध अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, रक्षामन्त्री लोयड औस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभन र सीआईए प्रमुख विलियम बर्न्समाथि पनि लागू हुनेछ । रुसी विदेश मन्त्रालयले यो प्रतिबन्ध अन्य मानिसहरु पनि प्रभावित हुने बताएको छ ।

रुसले युक्रेनमा सैन्य आक्रमण शुरु गरेसँगै पश्चिमा मुलुकले रुसलाई प्रतिबन्ध लगाएका छन् । साथै रुसी कम्पनी तथा धेरै रुसी नागरिकविरुद्ध पनि पश्चिमा मुलुकले प्रतिबन्ध घोषणा गरेका छन् । प्रतिक्रियास्वरुप रुसले पनि अमेरिकी अधिकारीलाई प्रतिबन्ध लगाएको हो ।

 
 
  
 

You may also like