१३० जनाले जिते कोरोना, ८३ नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ७,८८४ जनाको नमुना परीक्षण गर्दा ८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १३० जना कोरोना सङ्क्रमित निको भएका छन् ।

यही अवधिमा कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झरेको छ । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या ४,७४६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख तीन हजार पाँच सय ३८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्

 
 
  
 

You may also like