नयाँ शैक्षिक सत्र जेठ १ बाट, परीक्षा र भर्ना अभियान वैशाखमै सक्नुपर्ने

काठमाडौं । २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठ १ गतेबाट शुरु गर्ने निणर्य सरकारले गरेको छ । त्यसका लागि आगमी वैशाखभित्रै विद्यालयहरुले परीक्षा र भर्ना अभियान सकिसक्नु पर्नेछ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र शुरु हुने भएकाले चैत मसान्तसम्म पठनपाठन सक्नु पर्नेछ । वैशाखभित्र परीक्षा सकेर नतिजा प्रकाशन गर्नु पर्नेछ भने नयाँ भर्ना अभियान पनि वैशाखमै सक्नुपर्ने छ ।

कोरोना संक्रमणको कारण यसअघिका दुई शैक्षिक सत्र विद्यार्थीको पठनपाठन खलबलिएको छ । अहिले परिस्थिति सहज बन्दै गएकाले जेठबाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निणर्य शिक्षा मन्त्रालयले गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार परिस्थिति सहज बनेकाले यस पटकको नयाँ भर्ना अभियान भौतिक उपस्थितिमै हुनेछ ।

‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भर्ना अभियान थालिनेछ, पहिला जस्तो नारा जुलुस चाहिँ नगर्न भनेका छौँ,’ उनले भने । कोरोना संक्रमणअघि वैशाख १ गते नारा जुलुस नै गरेर सरकारले नयाँ भर्ना अभियान सञ्चालन गर्ने गरेको थियो ।

 
 
  
 

You may also like