लिथआनिया र बेलारुसको जङ्गलमा ११ नेपाली अलपत्र

काठमाडौं । रुसबाट हिंडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिबार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेपछि यसबारे खुलासा भएको हो ।

उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिंडेको आशंका गरिएको छ । सम्पर्ककर्तामध्येका एक सुभाव कुवरले ह्वाट्स एपमार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेका थिए । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले नेपालीहरु युक्रेन युद्धपीडित नभएर अन्य विचौलियामामार्फत युरोप छिर्न हिंडेको हुने सक्ने आशंका गरे ।

खड्काले उनीहरुको खोजीका लागि रुसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरुसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिए । उनीहरुले रुसमा विगत केही बर्षदेखि बसोबास गर्दै आएको बताइएको छ ।

 
 
  
 

You may also like