स्थानीय तह निर्वाचन : १७ वटा राजनीतिक दलसँग आज छलफल गर्दै निर्वाचन आयाेग

काठमाडौ । तहकाे निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयाेगले राजनीतिक दलहरुसँग छलफल थालेकाे छ । ३० वैशाखमा तय भएकाे निर्वाचनका सन्दर्भमा आयाेगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई बाेलाएकाे हाे ।

आज बिहान साढे ११ बजे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि आयाेगले हालसम्म गरेको कार्यप्रगति जानकारी गराउने छ भने राय-सुझाव लिने छ ।

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । बिहीबार बसेको आयोगको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको छ ।

 
 
  
 

You may also like