हलिं नेवाः गुथिको १३ औ साधारण सभाको तयारी पुरा

बुटवल । फागुन २६ गते रुपन्देहीमा हुने हलिं नेवाः गुथिको १३ औ साधारण सभाको तयारी पुरा भएको छ । तिलोत्तमा मैचु पुचको आतिथ्यतामा हुने कार्यक्रमको सबै तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन गरि आयोजक संस्था पुचका अध्यक्ष मिलन श्रेष्ठले बताईन । बुद्घजन्मस्थल लुम्बिनी, सामरिक महत्वको जितगढी किल्लामा भ्रमण गराउने गरि साधारण सभा गराउन लागेको उनले बताईन । एकातर्फ पर्यटन प्रर्वद्धन र अर्कोतर्फ संस्थाको वार्षिक योजना बनाउने एउटा महत्वपुर्ण अवसर बुटवलमा जुरेको उनले बताईन । वर्षभरि गरिने कार्यक्रमको समेत घोषणा सभामार्फत गरिने उनले बताईन ।

प्रभातफेरिबाट शुरु हुने कार्यक्रममा सरस्वती मन्दिर पुजा, दुर्गा मन्दिर लगायत रयाली हुने उनले बताईन । देशभर १ सय १८ शाखाका ८ सय जना सहभागी जम्मा हुने छन । तिलोत्तमा मैचु पुच ६६ शाखा हो । बुटवलमा ३ वटा शाखाहरु छन ।
हलि नेवा गुठी, बुटवल पुच अध्यक्ष राजु श्रेष्ठले भाषा, संस्कृति जोगाउने र जातिय सहयोगका रुपमा स्थापना भएको भन्दै पवित्र काममा आफुहरुले लागेको बताए ।

साधारण सभामा विशेष नेवारी भोजको परिकार पनि खुवाउने उनले बताए । यसका लागि टिष्टुङ शाखाबाट ४५ जनाको टोलीले प्राविधिक सहयोग गर्ने छन। जसमा ८ आईटमको समयवजी र १७ वटा आईटम भएको भोज खुवाईने छ ।
कार्यक्रमको बुटवल उपमहानगरपालिका नगरप्रमुख शिवराज सुवेदीेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । संस्थाको अमेरिका र कोरियामा समेत शाखा रहेका छन ।

 
 
  
 

You may also like