८० वर्षे बूढाको १६ वर्षे धाक !

by समतल अनलाइन

काठमाडौं । बाँच्ने आयुका बारेमा कुनै ठेगान छैन तर पनि मान्छे सुत्नेबेलामा भोलि बिहान उठ्न घडीमा अलार्म लगाउँछ किन ? सांसारिक दुख कष्ट हो जीवन भनी जान्दाजान्दै पनि मानिस किन विवाह वन्धनमा बाँधिन तयार हुन्छ ? अनि ८० वर्षको उमेरमा पनि आफुलाई जवान भन्न मन पराउँछ, मानिस किन ? यिनै रोचक सन्दर्भका केही उदाहरण छन् यहाँ जो संसारका कुनैपनि कुनामा बसेका मानिसको जीवनसँग मेल खान्छ ।

पढौं केही रोचक टिप्स:

+ एकपटक सारा गाउँले मिलेर वर्षाका लागि प्रार्थना गर्ने निधो गरेछन् । प्रार्थनाका दिन सबै भेला भए । तीमध्ये भेलामा एउटा युवक मात्र छातासहित उपस्थित भएछ – यो विश्वास हो ।
+ जब हामी रमाइलोका लागि आफ्ना बच्चालाई फुत्त माथि हावामा उफार्दै खेलाउँछौ, ती डराउँदैनन् बरु मजाले हाँस्छन् – यो सत्य हो ।

+ हामी हरेक रात ओछ्यानमा पल्टँदा भोलिको सूर्योदय देख्न पाइन्छ पाइन्न भन्ने यकिन नभएको चाल पाएर पनि बेलैमा ब्युँझनका लागि अलार्म सेट गर्छौं – यो आशा हो ।

+ भोलिको केही टुंगो हुँदैन तर पनि हामी भविष्यका ठूला योजना बनाउन छाड्दैनौं – यो आत्मविश्वास हो ।

+ सार दुःखै दुःखको जञ्जाल हो भन्ने भेउ पाएर पनि हामी बिबाह गर्छौं अनि बालबच्चा जन्माउँछौं – यो माया हो ।

+ एकजना वृद्धको सर्टमा लेखिएको थियो– म ८० वर्षे बूढो होइन, १६ वर्षको तन्नेरी पो हुँ जोसँग ६४ वर्षको अनुभव पनि छ – यो मनोवृत्ति हो ।

यी माथिका साना तर महत्वपूर्ण सन्देशमा भनिएजस्तै खुसी रहौं । नबिर्सौं, असल मित्र भनेका जीवनका यस्ता दुर्लभ गहना हुन्, जसलाई फेला पार्न बडो कठिन हुन्छ, साट्न त असम्भव नै ! (रोचक कथाबाट)

 
 
  
 

You may also like