आज अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौँ । आज मार्च ८ अर्थात् ११२ औँ अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय महिला दिवस, विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ ।हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैङ्गिक समानता, लैङ्गिक विभेद तथा हिंसा उन्मूलन आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।

सर्वप्रथम १९०९ फेब्रुअरी २८ मा नारी दिवस मनाइएको थियो । सो मितिमा पहिलो पटक संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले त्यहाँको एक कपडा उद्योगका महिला मजदूरहरुको विद्रोहको सम्झनामा यस दिवसको आयोजना गरेको थियो ।

१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे ।

फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पर्थ्यो, जुन गे्रगरियन कयालेन्डर अनुसार ८ मार्च थियो । त्यसयता विश्वका सबै देशमा अन्तर्राष्ट्रिय नारी दिवस प्रत्येक मार्च ८ मा मनाइँदै आएको पाइन्छ ।

 
 
  
 

You may also like