मदिरा ब्यबसायी सघं रुपन्देहीद्धारा पोखरामा अन्र्तरक्रिया

पोखरा ।मदिरा ब्यबसायी सघं रुपन्देहीले पोखरामा बृहत अन्र्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अध्ययन अबलोकन भ्रमणका क्रममा पोखरामा मदिरा ब्यबसायी सघं कास्कीबिच परिचयात्मक तथा ब्यबसायका समस्या र चुनौतीका बिषयमा अन्र्तरक्रिया गरेको हो ।

दुइ जिल्लाबिच ब्यबसायीक सोचमात्र नभइ सामाजीक काममा पनी हातेमालो र सहकार्यका बिषयमा छलफल भएको मदिरा ब्यबसायी सघं रुपन्देहीका जिल्ला अध्यक्ष कृष्ण गौतमले जानकारी दिए ।

उनले सघंले कास्किलाइ पनी रुपन्देहीमा स्वागत गर्न चाहेको र संस्थालाइ दिएको सम्मान र मायाप्रती धन्यबाद दिएका थिए । यस्तै कास्किका अध्यक्ष डिल्लिराम पनेरुले पछिल्लो समय मदिरा ब्यबसायमा देखिएका समस्या समाधानमा सगै हातेमालो गर्नुपर्ने भन्दै ब्यबसायीलाइ सरकारले हेर्ने नजरमा फरक पाएको भन्दै दुख समेत ब्यक्त गरेका थिए । रुपन्देहीका अध्यक्ष कृष्ण गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कास्किका उपाध्यक्ष बिराज थापाको स्वागत तथा तथा महासचिब कृष्ण रानाभाटको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सघंका उपाध्यक्ष बाबुराम ज्ञवालीले रुपन्देहीमा सघंका गतिबिधीका बारेमा जानकारी समे गराएका थिए । यस्तै कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष डासिराम सापकोटा, रुपन्देहीका सचिब मुकुन्द पोख्रेल , कोषाध्यक्ष हिरा केसी , सदस्यहरु रमेश बेल्बासे , पर्शराम कंडेल, सैनामैना कन्चन नगर कमिटी संयोजक कमल ज्ञवाली तथा भ्रमणदलका बिभिन्न सदस्यहरुको सहभागीता रहेको थियो ।

 
 
  
 

You may also like