रूसको दाबी : युक्रेनी राष्ट्रपति जेलेन्स्की भागेर पोल्याण्ड पुगे

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको आज (शनिबार) १० दिन पुग्यो । रूसी सेनाले जपोरिझिया आणविक भट्टी पनि शुक्रबार कब्जा गरेको छ ।

यसअघि यहाँ गोलाबारी भएको थियो । एउटा बम खसालिँदा यहाँ आगो पनि लागेको थियो । रूसका सैनिकले प्लान्टको प्रशासन र नियन्त्रण कक्षमा कब्जा गरेका छन् । अहिले चेर्नीहिवलमा रूसले हवाई हमला गरिरहेको छ । यो हमलामा कम्तीमा ४७ जना मारिएका छन् ।

शुक्रवार साँझ आएको एक समाचार अनुसार युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की राजधानी किभको बंकरबाट निस्किएर पोल्याण्ड भागेका छन् । यो दाबी रूसी सञ्चारमाध्यम स्पुतनिकले गरेको हो ।

युक्रेनका विपक्षी सांसद इल्या किभालाई उद्धृत गर्दै स्पुतनिकले जनाए अनुसार पोल्याण्ड पुगेका जेलेन्स्कीले त्यहाँस्थित अमेरिकी दूतावासमा शरण लिएका छन् । यो समाचार अमेरिकी राष्ट्रपति जो बाइडेनले सार्वजनिक रूपमा जेलेन्स्कीले चाहेमा युक्रेनबाट एयरलिफ्ट गरिदिने बताएको दुई दिनपछि आएको हो ।

तर जेलेन्स्कीले यसको जवाफमा कुनै पनि मूल्यमा आफ्नो देश नछाड्ने बताएका थिए । तर शुक्रबार जेलेन्स्की सीआईएको सहयोगमा पोल्याण्ड पुगे या अन्य उपाय अपनाए भन्ने रुसले केही खुलाएको छैन । एजेन्सी

 
 
  
 

You may also like