रूपन्देहीमा ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–४ रन्यौरामा बिहीबार साँझ ट्रिपरको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा २ जना घाइते भएका छन्। लु २ ख ४३२६ नम्बरको ट्रिपरले सैनामैना नगरपालिका–७ देउपारका २७ बर्षीय बद्रि चौधरी, उनकी २६ वर्षीया श्रीमती दिल कुमारी चौधरी र ४ बर्षीया छोरी जेनिशा चौधरी सवार साइकललाई बिहीबार साँझ साढे ५ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका चौधरी परिवारलाई उपचारको लागि साझा अस्पताल बुटवल पठाइएकोमा दिल कुमारीको उपचारको क्रममा मृत्यु भएको हो। अन्य घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दन्यौरा रूपन्देहीले जनाएको छ। ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 
 
  
 

You may also like