एप्पलले रुसमा आफ्ना उत्पादन बिक्री नगर्ने

काठमाडौं । एप्पलले रुसमा आफ्ना सबै उत्पादन बिक्री गर्न प्रतिबन्ध लगाएको छ । युक्रेनमा भएको आक्रमणका कारण यस्तो निणर्य लिने ठूला कम्पनीमध्ये एप्पल एक हो ।

एप्पल बाहेक ऊर्जा कम्पनी एक्सोनमोबिलले पनि आफ्नो सञ्चालन र रुसमा गर्ने घोषणा गरेको छ । आइफोन निर्माता कम्पनीले रुसी आक्रमणप्रति गहिरो चिन्तिा व्यक्त गरेको छ । रूसी हिंसाका पीडितसँग उभिने प्रतिबद्धता देखाएको छ ।
यससँगै रुसमा एप्पल पे र एप्पल नक्सा जस्ता सेवाहरू पनि सीमित गरिएको छ । गुगलले रूसको राज्य-सहायता प्राप्त मिडिया ’आरटी’लाई पनि आफ्नो सुविधाहरूबाट हटाएको छ ।

समाचार एजेन्सी आरआईएका अनुसार रुसको भिटीबी बैंक जस्ता एप अब एप्पलको आईओएस अपरेटिङ सिस्टममा रुसी भाषामा चल्न पाउने छैनन् । एप्पलले युक्रेनी नागरिकहरूको सुरक्षाको लागि उक्त प्रतिबन्ध लगाएको दावी गरेको छ । बीबीसी

 
 
  
 

You may also like