बुटवल । तिनाउनदीको बगरले परिचित रुपन्देहीको तिलोत्तमानगरपालिका वडा नम्बर ६ को १० नम्बर चोक नजिकैको नदी तटीय तिनाउपार्क अहिले सुन्दर रमणिय एबम पर्यटकीय स्थलका रुपमाविकास भएको छ । यो पार्कमा एक पटक पुग्नै पर्ने स्थलका रुपमानवजिवनक्लव, नवजिवन बचत तथा ऋण सहकारी संस्था र तिलोत्तमापार्कको विशेष पहलमानिर्माण गरिएका संरचनाले यस्तो वनाएको हो ।
नदीको बगरलाई संरक्षण गरि राखिएको १२ विगाहा क्षेत्रफमाअहिले तिलोत्तमापार्क, खेलमैदान, कवडहल, पिक्निक स्पोर्टस, लगायतका संरचनावनाईएको छ । सोहीपार्क भित्रनवजिवन बचत तथा ऋणसहकारी संस्थाले निर्माण गरेकोे मयुर पार्कको सोमवार लुम्बिनीप्रदेशकापूर्व उद्योग तथापर्यटन मन्त्रीलिलागिरीले उद्घाटन गर्नु भयो ।
पूर्व उद्योग तथापर्यटन मन्त्रीगिरीले नदीको बगर उराठ लाग्दो स्थलअहिले सुन्दर पार्कमा परिणत हुनुले आफनिकै लालाहितभएको बताउदै सहकारीले सामाजिकउत्तरदायीत्वअनुसार गरेको कामको अरुले पनि अनुसरण गर्न आह्वानगर्नु भयो ।
क्लव र सहकारीले गरेको विकास निर्माणको पवित्रकार्यले सरकारलाई समेत सन्देश मिलेको तिलोत्तमानगरपालिका वडा नम्बर ४ काअध्यक्षदीवाकर ढकालले बताउनु भयो ।
सहकारीकाअध्यक्षनारायण पाठकले पार्कको स्वामित्व हस्तान्त्ररण गदै गर्दा नदीको बगरमापार्क वनाउने सोच बनाउदामुर्ख भएको महशुषलागेकोमाअहिले त्यो स्थल सुन्दर रमणिय पार्कको रुपमा परिणत हुदां गवलागेको पार्ककाअध्यक्षदीपक पाठकको भनाई रहेको छ ।
नवजिवनक्लवकाअध्यक्षतथाकार्यक्रमका संयोजकगोविन्द भुसालले सहकारीले आर्थिक कारोवार मात्रनभई सामाजिक क्षेत्रमापनि योगदानगर्नु पर्छ भनीपार्कमालगानी गरेको बताउनु भयो ।
नवजिवन बचत तथा ऋणसहकारी संस्थाको स्थापनको अवसरकाआयोजित मयुर पार्क हस्तान्त्ररण समारोहमा सहकारी अभियान्ता भरत भुसाल, माधवलाल देवकोटा,राजनैतिकव्यक्तित्व सुरेन्द्र बर्मा, सहकारीकाउपाध्यक्षमित्रबन्धु पाठक, मयुर पार्क निर्माण समिति संयोजक कृष्ण केसी लगायतले नवजिवन सहकारीले गरेको सामाजिककार्यको अन्य सहकारीहरुले अनुसरण गर्न जरुरी औल्याएका छन ।